म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको बेनी-जोमसोम सडकमा पहिरो : सयौं यात्रु अलपत्र

म्याग्दी /बेनी–जोमसोम सडकको म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा खण्डमा पर्ने पहिरोग्रस्त रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सवारी जाम हुँदा सयौं यात्रु कम्तीमा १५ घण्टादेखि अलपत्र छन् ।

पहिरोले साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दोहोरो गाडी पास हुन नसक्दा यात्रु अलपत्र परेका हुन् ।‘हामी सोमबार तीन बजेदेखि काप्रे–बाँदरजुंग भीर क्षेत्रको पहिरोग्रस्त क्षेत्रको जाममा फसेका छौं । हामीभन्दा घण्टौं अघिदेखि जाममा रोकिएका पनि छन्,’ १६ घण्टादेखि जाममा फसेका कान्तिपुरकर्मी दिनेश रेग्मीले भने ।

बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो । सडकमा यातायात सहज भएपछि मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो ।

‘दसैंको बिदामा रमाइलो गर्न आएको कहिल्यै नपाएको दुस्ख पाइयो । बीचको भीरमा १२–१५ घण्टासम्म जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने बिर्सने रहेछ,’ बुटवलबाट आएका यात्रु मुकेश शाक्यले भने, ‘मनसुन सफा नभई मुस्ताङ आउने हतारो नगरौं । अति कष्टकर मात्र होइन उस्तै जोखिम पनि छ, सडक ।’

बेनी–घाँसा खण्डको चमेरे, महभीर, गुइठे, काप्रे र बाँदरजुँगभीरमा सडक बढी हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा पुरानो ‘सेट’ भएको भित्ता डोजरले खनेर छोडेकोले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको हो ।

‘म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको रुप्से, काप्रे र बाँदरजुंग भीर खण्डमा पहिरोले सडक वानवे छ । ठूला बस, ट्रकजस्ता गाडी फसेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ । हजारौं यात्रुको बिजोग नै हुन्छ,’ जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले भने, ‘सीमित प्रहरी र स्थानीयले मात्र जाम खुलाउन समस्या हुने गरेको छ । ’

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तल्लो बेनी–जोमसोम ७६ किमी खण्डलाई ४ वटा प्याकेज बनाई नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न २ अर्ब ४९ करोड रुपैयाँ लागतमा सडक विस्तारको काम भइरहेको छ ।

‘साँघुरो, हिलाम्मे र भिरालो सडकमा गुडेको गाडी भित्र बस्दा त मुटु नै हल्लिन्थ्यो । गाडी दायाँबायाँ पूरै झुकेर कोल्टे पर्दा परि सम्झाउने रहेछ,’ मुक्तिनाथ दर्शनगरी फर्केका काठमाडौं कलंकीका अंकित अधिकारीले भने, ‘पहिरोग्रस्त सडक अझै जोखिमपूर्ण छ ।’इकान्तिपुरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’