साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई पर्वतको कुस्मा नगरपालिकाको २ लाख पुरस्कार

पर्वत, असोज ३१ । दक्षिण एसियाली फुटबल प्रतियोगिता ९साफ० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई पर्वतको कुस्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

हिजो राती सम्पन्न फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएपछि नेपाली टोली उपाधि जित्न चुकेको थियो । तर नेपाल पहिलोपल्ट साफ च्यामिपयनसिपको फाइनलमा पुगेको हो ।

कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पहिलोपल्ट फाइनलमा पुगेको नेपाली टोलीलाई थप हौसला र प्रोत्साहनका लागि पुरस्कारको घोषणा गरेको जानकारी दिए । उनले फेसबुकमा स्टाटस लेख्दै प्रोत्साहन स्वरुप दुई लाख रुपैया पुरस्कार दिने घोषणा गरेका छन ।

नेपाली टोली भोलि विहान स्वदेश फर्किँदैछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो