बिश्वकै दोस्रो लामो सु्परम्यान शैलीको जीपलाईनको परिक्षण सफल, तिहार अगावै सञ्चालनमा आउने

नमुना रिर्सोट निर्माण अन्तिम चरणमा

पर्वत/साहसिक खेलको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा निर्माण भैरहेको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको पहिलो परिक्षण सफल भएको छ ।
कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइनमा सोमबार पहिलो पटक गरिएको परिक्षण सफल भएको हो ।
सञ्चालनको अन्तिम तयारीमा रहेको जीपलाईनमा दुई सय पटक भन्दा बढी परिक्षण गरिएपछि सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी रहेको हार्नेस जिपलाइन प्रा.लिका कार्यकारी प्रमुख सुनिल बाँनियाले जानकारी दिनुभयो । सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मटरको जिपलाइन दुबईमा रहेको छ। क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपरम्यानमा सुपरम्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ। ‘नेपालमा क्लासिक शैलीका जीप लाईन यो भन्दा लामो भएपनि सुपरम्यान शैलीमा यो बिश्वकै दोस्रो लामो हो। कार्यकारी प्रमुख बानियाँले भन्नुभयो‘सहासकि पर्यटकीय गन्तब्यको रुपमा कुस्मामा अब केही दिन भित्रै पर्यटककले नयाँ स्वाद पाउनेछन’

यो जीपलाईनमा दुई जनाले संगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तब्यमा पुगिनेछ । जीपलाईन भारतको श्याम जीपलाईनले निर्माण गरेको हो । नर्माण कमपनीका इन्जिनियर नविन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ । कालीगण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ।
जीप लाईन संगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोट संगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य सहासिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताउनुभयो । अहिले पनि कुस्मामा पर्यटकको बसाईको अवधी लम्बिन नसकेका कारण कम्तीमा पनि एक रात कुस्मामा राख्ने योजना कम्पनीको रहेको बाँनियाको भनाई छ । रिर्सोट परिसरबाट मोदीबेणी सम्म एक घण्टा ¥याफटिङ्ग सञ्चालन गर्ने तथा रिर्सोटमा आधा दर्जन सहासिक खेल र स्विमिङ्गपुल समेत निर्माण गरिएको छ । रिर्सोटमा १ सय ५० जना राख्न सक्ने क्षमता रहनेछ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वतमा बन्यो बिश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’, छिट्टै सञ्चालनमा आउने

वागमती प्रदेश : मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिंदै, को–को बन्दै छन् मन्त्री ?

एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज