पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

पर्वत, असोज ५ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा १० पिपलटारीमा २१ बर्षिय युवकको शव फेला परेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कुनपा १० पिपलटारी बाँझखेतमा २१ बर्षिय सन्तोष मगरको शव फेला परेको हो ।

चितवन जिल्ला भरतपुर नगरपालिका वडा न १६ आहाले घर भएका मगर भइ पिपलटारीमा मजदुरको रुपमा वस्दै आएका थिए ।

मृतकको शव बुधवार विहान ८.३० बजे फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वतमा बन्यो बिश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’, छिट्टै सञ्चालनमा आउने

वागमती प्रदेश : मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिंदै, को–को बन्दै छन् मन्त्री ?

एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज