पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

पर्वत, ३ असोज /गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेवारी दिनुहुने भएको छ ।

अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित हुनुभएका आचार्यले आइतवार गृहजिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । २० अक्टोवर अर्थात आगामी कार्तिक ३ गतेदेखि आयोजना हुने एनआरएनएको दशौ सम्मेलनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पहिलोपटक आफ्नो गृह जिल्लाका शुभेच्छुकहरुमाँझ शुभकामना लिने उद्धेश्यले आज विहान पत्रकार सम्मेलन आयोजना गरि पुनः अध्यक्ष पदको लागि आफु तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले अघिल्लो पटक भन्दा थप तयारी र शसक्त रुपमा उम्मेदवारी दिन लागेको जानकारी समेत दिनुभएको छ । ‘औपचारिक उम्मेदवारी घोषणा भने राजधानीमा विशेष समारोहका विच गर्नेछु’– आचार्यले भन्नुभयो ।
गैरआवासीय नेपालीहरुको हक हितलाई सुनिश्चित गर्नका लागि आफु अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उहाँको भनाई छ । आचार्यले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिने बताउनुभएको छ ।
त्यसैगरी म्यान्मार, थाईल्याण्ड लगायत मुलुकमा बसोवास गरिरहेका नेपाली मुलका नागरिकहरुलाई पिपुल अफु नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन प्रयास गर्ने, संघका पुजिकृत सदस्यहरुको संख्या ५ लाख पु¥याउने, राष्ट्रिय समन्वय परिषद एनसीसी हरुको संख्या १ सय पु¥याउने उहाँको कार्ययोजना रहेको छ । नेपाल सरकार तथा निजि क्षेत्रसँगको सहकार्यमा एनआएनए सीप विकास केन्द्र स्थापना गरिने, कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआएनए एक रोजगार अभियान शुरु गर्ने कार्ययोजना समेत आचार्यले बनाउनुभएको छ ।
गैरआवासीय नेपाली र नेपालमा रहेका उनिहरुका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलव्ध गराउन विभिन्न स्वास्थ्य संंस्थाहरुसँग सम्झौता गर्ने, विदेशमा हुर्किरहेका बलबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोवाई एप निर्माण गरी अनलाईन कक्षाहरु संचालन गर्ने, एनआरएनए खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने उहाँका प्रतिवद्धता रहेका छन् ।
पर्वतको जलजला गाउँपालिकामा २०२९ सालमा जन्मनुभएका आचार्य एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । अहिले सो संस्थाका सल्लाहाकार समेत हुनुहुन्छ । आफु सानो जिल्लावाट दुःख गरि गरि अहिले यो स्थानमा पुगेको भन्दै सवै पक्षवाट सहयोगको अपेक्षा गरेको समेत उहाँको भनाई छ ।
उम्मेदवारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा आचार्यले आफ्नो जन्मभूमि धाईरिङमा यस वर्षको बाढिपहिरोले विस्थापित बनेका परिवारहरुको पुर्नस्थापनाका लागि रु १० लाख व्यक्तिगत रुपमा दिने घोषणा गर्नुयो भने सदरमुकाम कुश्माबजारको गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनका लागि रु १ लाख ५५ हजार रुपैया सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपा एमालेका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, माओवादी केन्द्रका जिल्ला सचिबालय सदस्य शंकर गिरी लगायतले आचार्यलाई अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’