मल नल्याएर कालोसूचीमा परेका ठेकेदारलाई प्रबल जनसेवा श्री तक्मा

काठमाडौं,असोज ३/मल नल्याएको आरोप लागेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवा श्री विभूषण पाएका छन्।

आइतबार संविधान दिवसको अवसर पारेर सरकारले होनीको मल्टिपल प्रालिका सञ्चालक कोइरालालाई विभूषण दिएको हो।

कोइराला सञ्चालक रहेको होनीको मल्टिपललाई मल नल्याएको आरोपमा गत साल भदौमा कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले होनीको मल्टिपललाई सन् २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तरिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार यो अवधिमा उसले कुनै पनि ठेक्का नपाउने गरी कालोसूचीमा राख्न सिफारिस गरिएको थियो।

कालोसूचीमा परेको छ महिना पुग्दैगर्दा होनीकोका सञ्चालक कोइराला पनि विभूषणमा परेका हुन्।

देश र जनताका लागि योगदान दिने व्यक्तिहरूको सम्मानार्थ हरेक साल संविधान दिवसको अवसर पारेर सरकारले पुरस्कार दिने गर्छ।

संविधान दिवसको अवसरमा आइतबार सरकारले ९०३ जनालाई विभूषणद्वारा सम्मान गर्ने घोषणा गरेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’