अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

पर्वत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नवीन अधिकारी, संगिन सुवेदी र कृष्णराज पौडेल, सचिबमा गणेश बिक, सहसचिबमा दुर्गा भुषाल तथा कोषाध्यक्षमा सफलता तिमिल्सिना निर्वाचित भएका छन ।
यसैगरी दलित मुत्तिमोर्चा विभाग संयोजकमा राजकुमार बिक, स्वयंसेवक बिभाग संयोजकमा राजेश गिरी, छात्रा विभाग संयोजकमा रन्जु रेग्मी तथा
स्वास्थ तथा विपद व्यवस्थापन बिभाग संयोजकमा सन्दिप नेपाली रहेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वतमा बन्यो बिश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’, छिट्टै सञ्चालनमा आउने

वागमती प्रदेश : मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिंदै, को–को बन्दै छन् मन्त्री ?

एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज