जनता समाजवादी पर्वतका जिल्ला अध्यक्ष सहितका ३ दर्जन युवा एमालेमा प्रवेश

पर्वत । जनता समाजवादीका जिल्ला अध्यक्ष सहितका नेताहरु नेकपा एमाले पर्वतमा प्रवेश गरेका छन् । एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको अवसरमा जनता समाजवादीका जिल्ला अध्यक्ष ओम बहादुर भण्डारी सहितका नेता कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई र पर्वत जिल्ला अध्यक्ष पदम गिरीले टिका तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।
एमालेको जिल्ला भेलाको अवसरमा विभिन्न पाटीबाट झण्डै ३५ जना युवाहरु एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिवालय सदस्य बिमल लामिछानेले जानकारी दिए । भेलामा कांग्रेस, माओवादी र संघीय समाजवादीका युवा कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन् ।

पाटी प्रवेश गर्नेहरुमा चन्द्र बहादुर थापा, भीमलाल आचार्य, सन्तोष विक, भुवन केसी, कृष्ण श्रेष्ठ, कृष्ण कसी, मिन घिमिरे लगाएतका युवाहरु रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वतमा बन्यो बिश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’, छिट्टै सञ्चालनमा आउने

वागमती प्रदेश : मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिंदै, को–को बन्दै छन् मन्त्री ?

एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज