यस्तो छ आजको मौसम पुर्वानुमान- वर्षा कुन प्रदेशमा कस्तो?

फाइलफोटो

काठमाण्डौ, भदौ ३१/हाल (बिहीबार बिहान) देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने लुम्बिनी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी परिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो (दिनमा) लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ।

यस्तै राति पनि गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वतमा बन्यो बिश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’, छिट्टै सञ्चालनमा आउने

वागमती प्रदेश : मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिंदै, को–को बन्दै छन् मन्त्री ?

एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज