गण्डकीमा थप १२५ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

कास्की , भदौ ३०/गण्डकी प्रदेशमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९९९ जनाको नमुना परीक्षण गरिएकामा १२५ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ६० महिला र ६५ जना पुरुष रहेका छन् ।

प्रदेशका ४ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ७८, बागलुङ ६, स्याङ्जा १४, म्याग्दी १, पर्वत १, गोरखा ७, लमजुङ ८, तनहुँ ४ र नवलपरासी पूर्वमा ६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ९३८ पुगेको छ ।

गण्डकीमा बुधबार स्याङजा वालिङ–१ का ८४ बर्षिय पुरुष र तनहुँ, भिमाद नगरपालिका –८ का ५३ बर्षिय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३५ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ८९१ पुगेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’