आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

फाइलफोटो

काठमाडौं , भदौ ३०/हाल नेपालमा भारतको छत्तिसगढ र मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

बुधबार देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता शुक्रबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई पर्वतको कुस्मा नगरपालिकाको २ लाख पुरस्कार

गोरखामा केन्द्र भएर भूकम्पको धक्का

केही दिन मौसम बदली हुने: वर्षा, चट्याङ र हिमपातको सम्भावना- दुई दिनको मौसम पूर्वानुमान सहित

चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि

मध्यपहाडी राजमार्गको पोखरा– याम्दी खण्ड – ९५ प्रतिशत काम सकियो