अध्यक्ष तिमिल्सिना र एसियाली बिकास बैंक कन्ट्री डाइरेक्टरबीच भेट , आरसिआईपी कार्यान्वयनमा बिलम्ब नगर्न आग्रह

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली बिकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस बीच शिष्टचार भेटघाट भएको छ।
नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गर्नुभएको हो।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आरसिआईपी)कोे प्रभावकारीता र छिटो कार्यान्वयन गराउने सन्दर्भमा कुराकानी गर्नुभयो । ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका लागि सडकहरु छनोटको प्रकृया तीन वर्ष अगाडीबाट शुरु भएपनि हाल सम्म कार्यान्वयनको प्रक्रिया केही विलम्ब हुन गएकोले ग्रामीण भेगका जनता र जनप्रतिनिधिको अपेक्षा अनुरुप उक्त सडकहरु छिटो सम्पन्न हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष तिमिल्सिनाले संघीयता लागु भै सकेको तर प्रदेश र स्थानीय तहमा दक्ष जनशक्ति नियुक्त गर्न ऐन नबनेको हुँदा यस परिस्थितिलाई मध्यनजर गर्दै आयोजनाहरु समायानुकुल अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

भेटका क्रममा एडिबीका कन्ट्री डाइरेक्टर काउचोइसले ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई छिटो र प्रभावकारी सञ्चालनको विधि र प्रक्रिया निर्धारण गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले आयोजना अध्ययन गर्न आउने बोर्ड सदस्यहरुको टिमले प्रदेश सरकार र स्थानीय तहसँग भेटघाट गरी अध्ययन गरेपछि नेपालको हालको कानूनी र व्यवहारिकपक्षको आधारमा आयोजना सञ्चालनको बिधी र प्रकृा निर्धारण हुने जानकारी गराउनुभयो ।

 

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग