मध्यपहाडी लोकमार्गमा पहिरोले २५ करोडको क्षति

पर्वत / पहिरोका कारण पर्वत खण्डमा निर्माणाधीन मध्यपहाडी राजमार्गमा २५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) आयोजना कार्यालयकाका अनुसार सडक खुलाउन मात्रै आठ दिनसम्ममा करिब ५ करोड रुपैयाँ खर्च भएको छ ।

दुई लेनको सडक कालोपत्र भएर हस्तान्तरण हुने समयमा भदौ १७ को राति खसेको पहिरोले साढे ८ किमि सडक क्षतविक्षत बनाएको हो । धौलागिरिकै लाइफलाइन सडकका रूपमा रहेको उक्त सडक खण्ड २०४७ सालमा चीन सरकारको सहयोगमा निर्माण भएको थियो । उतिबेला सिंगल लेनमा बनेको सडकमा पछिल्लो समय सवारी चाप बढेसँगै मध्यपहाडी लोकमार्ग आयोजनामा समेटिँदै दुई लेनमा बिस्तार गर्नेगरि डिजाइन भयो । डिजाइन अनुसार २०७५ सालमा पर्वत खण्डको करिव २५ किलोमिटर बिस्तार, स्तरोन्नती र कालोपत्रको जिम्मा लामा कन्स्ट्रक्सनले लिएको थियो । दुई वर्षमा सक्ने गरी काम भइरहेको भए पनि कोभिडका कारण भएको निषेधाज्ञामा काम रोकियो । सम्झौताअनुसार काम सम्पन्न भएको भए गत भदौ मसान्तभित्रै उक्त सडक मध्यपहाडी राजमार्ग (पुष्पलाल मार्ग) आयोजना कार्यालयलाई लामाले हस्तान्तरण गरिसक्नुपर्ने थियो ।

एक वर्ष थपिँदा चालु वर्ष पनि अपेक्षित काम हुन सकेन । पर्वतको २५ किलोमिटरमध्ये कास्कीको सिमाना नयाँपुलदेखि कुश्मा–८ चुवासम्मको सबैजसो खण्ड बिस्तार गरि कालोपत्र सकिएको थियो । कुश्मा–७ खरेहा तथा बजारक्षेत्रको समेत गरी करिब ३ किलोमिटर सडक मात्रै सक्न ६ महिना थप्न प्रस्ताव गरेको थियो । त्यसका लागि आयोजना कार्यालय पनि सकारात्मक थियो ।

आयोजना कार्यालयका अनुसार पुनर्निर्माण तथा अहिले बाटो खुलाउँदा भएको खर्चसमेत हिसाब गर्दा करिब २५ करोड रुपैयाँ बढी क्षति भएको छ । आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार क्षतिको पूर्ण विवरण आइसकेपछि सडक पुनर्निर्माण सुरु हुनेछ । ‘पहिरोले बिग्रिएको कालोपत्रको सबै विवरण प्राविधिक रूपमा आइसकेको छैन,’ उनले भने, ‘सडकलाई राम्रोसँग स्टेबल बनाउँदा २० देखि २५ करोड रुपैयाँ लाग्ने अनुमान छ । पहिरो फाल्दा कति खर्च भयो त्यो सबै विवरण आइसकेको छैन ।’ क्षति भएका संरचना निर्माणको जिम्मा सम्बन्धित व्यवसायीले नै लिनुपर्ने उनले बताए । व्यवसायीले निर्माण सकेका संरचनाको जिम्मा कार्यालयको नहुने आयोजनाले जनाएको छ । ‘जुन संरचना व्यवसायीले जिम्मा लिएको हुन्छ । ती बनाइएका संरचना भत्किएमा बनाउने जिम्मा पनि उसैको हो,’ उनले भने, ‘बाँकी संरचना बनाए समझदारीमा जिम्मा लगाउँछौं । नत्र छुट्टै ठेक्का निकाल्नुपर्ने हुन्छ ।’ सडक गत बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ ।कान्तिपुर दैनिकबाट 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग