गृह मन्त्रालयको मूल्याङकन , आर्थिक बर्ष २०७७/७८मा पर्वत उत्कृष्ट जिल्ला

पर्वत, भदौ २७/गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो ।

गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयरसदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।
पर्वत सहित ललितपुर, रुकुमपश्चिम, गुल्मी र स्याङ्जा लगायतका १४ जिल्ला ‘ए ग्रेड’मा पर्न सफल भएका छन् । पर्वतमा आर्थिक बर्ष २०७७ ०७८ मा शम्भुप्रसाद रेग्मी देबी पाण्डे खत्रीले प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरेका छन । खत्री अहिले पनि पर्वतमा नै कार्यरत छन भने रेग्मीको गृह मन्त्रालयमा सरुवा भएको थियो ।

यसरी मापन गरिएका आधारमा झापा, अर्घाखाँची र रुकुम पूर्व सर्वोत्कृष्ट अङ्क हासिल गरी ‘ए प्लस’ ग्रेडमा पर्न सफल भएका छन् ।

त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुरलगायत १८ जिल्ला समावेश भएका छन् भने मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय पनि समावेश भएको बताइएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग