आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना‚ यस्तो छ एक साताको मौसम पूर्वानुमान

फाइलफोटो

काठमाडौं /मौसम पूर्वानुमान महाशाखा अनुसार शुक्रबार बिहान नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो छ एक साताको पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी एक साता मौसममा सुधार नहुने बताएको छ। यस साताका अधिकांश दिनहरूमा सामान्यदेखि पूर्ण मौसम बदली रहने जनाएको छ।

साताभरि पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साताको मध्यतिर प्रदेश १ को तराई भूभाग र प्रदेश २ का एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा साताको अन्त्यमा भीषण वर्षाको सम्भावना रहेको बताएको छ।

यस साता हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका धेरैजसो स्थानमा न्यूनतम तापक्रममा उल्लेखनीय परिपवर्तन नहुने र अधिकतम तापक्रम हल्का घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग