गजल
-स्मृति पौडेल
यो कस्तो प्रेम हो तडपिएर बाँच्नु पर्ने
कयौ पटक चाल नपाई लडिएर बाँच्नु पर्ने।।
पाईलापिच्छे यादमा आउछौ सधैभरि मनमा
बियोगमा पग्थर सरि टुक्रिएर बाँच्नु पर्ने।।
मीठो याद नहुदो हो त कसरी जिउन सक्थे
बैगुनि रहेछौ मन नै फुटाएर बाँच्नु पर्ने।।
उकाली मा हात खोज्छु ओरालिमा साथ
झर्छन आँसुधारा त्यसैमा धोईएर बाँच्नु पर्नै।।
छोडि जाने निस्ठुरि सपनिमा नआईदेउन
खिल पर्छ यो मुटुमा एक्लिएर बाच्नु पर्ने।।
पोखरा