विश्वकै लामो झोलुङ्गे पुल भयो ‘गण्डकी गोल्डेन ब्रिज’

पर्वत /सिङगल स्पान प्रविधिमा विश्वकै लामो (५६७ मिटर) पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ ।

पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बागलुङ्ग नगरपालिका १ बाङ्गेचौरबाट पर्वतको कुस्मा नगरपालिका १ पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको नाम गण्डकी गोल्डेन ब्रिज नामाकरण गरेको हो ।

पुलको नयाँ नामसंगै पर्यटक भित्राउन सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको छ । पुलको उद्घाटन गरेर पुलको नामाकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो ।

पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई २५ हजार राशीको पुरस्कार समेत घोषण गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामाकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्विकृत भएको हो ।
उक्त पुलको नाम बानपा ५ मालिका निवासी निजामती सेवामा कार्यरत नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटाले पेश गर्नुभएको हो ।

बागलुङ नगरपालिकाले कलिगण्डकी नदी माथी निर्माण गरिएको ५६७ मिटर लामो पुल विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग