पर्वतको जलजलाका २० बर्षिय युवा १४ बर्षिया बालिका बलात्कारको आरोपमा पक्राउ


पर्वत ,भदौ १७/ १४ वर्षिया बालिकालाई बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले आरोपित यूवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको जलजला गाउँपालिका–८ का २० वर्षिय नारायण गिरीलाई पक्राउ गरिएको हो।
पर्वत प्रहरीका अनुसार गिरीलाई गत भदौ १४ गते जलजला गाउँपालिका–८ ज्यामिरेमा १४ वर्षिया बालिकालाई करणी गरेको भनि बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। पिडित भनिएकी बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए लगत्तै प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको कमाण्डमा खटीएर गएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो।
आरोपितका बिरुद्ध भदौ १६ मा करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’