पर्वतका स्थानिय तहको पौने दश करोड बेरुजु, सबैभन्दा बढी बेरुजु कुस्मा नगरपालिकामा

पर्वत/पर्वतका सातवटा स्थानीय तहमा झण्डै १० करोड बेरुजु देखिएको छ ।
पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तहमा ९ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको हो ।
महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परिक्षण प्रतिबेदन अनुसार पर्वतका सात वटा पालिकाको ६ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १.२४ प्रतिशत बेरुजु देखिएको हो ।


महालेखाको प्रतिबेदन अनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुस्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैंयु गाउँपालिकामा देखिएको छ । कुस्मा नगरपालिकामा १ अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखापरीक्षण गर्दा ५ करोड २३ लाख ५८ हजार बेरुजु देखिएको छ । कुस्माको बेरुजु प्रतिशत ३ दशमलब २० प्रतिशत देखिएको छ ।
त्यसैगरी फलेवास नगरपालिकामा १ अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखापरीक्षण गर्दा १ करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ । फलेबासको बेरुजु प्रतिशत १ दशमलब ०८ प्रतिशत छ ।


पर्वतमा सबैभन्दा कम बेरुजु पैयुँ गाउँपालिकामा रहेको छ । पैंयुमा ६६ करोड ६९ लाख ४५ हजार रुपैयाको लेखापरिक्षण गर्दा २१ लाख १२ हजार मात्र बेरुजु देखिएको छ । पैंयुको बेरुजु प्रतिशत ० दशमलब ३२ प्रतिशत छ। पर्वतमा पैंयु पछि मोदी गाउँपालिकामा कम बेरुजु देखिएको छ । मोदीमा १ अर्ब ३ करोड १९ लाख ९१ हजारको लेखा परिक्षण गर्दा ३८ लख ९३ हजार बेरुजु देखिएको छ । मोदीको बेरुजु ० दशमलब ३८ प्रतिशत छ । महाशिला गाउँपालिकामा बेरुजुको प्रतिशत ० दशमलब ४८ प्रतिशत छ । महाशिलामा ६२ करोड ३० लाख ६ हजारको लेखापरिक्षण गर्दा २९ लाख ८४ हजार बेरुजु देखिएको हो ।


यस्तै पर्वतमा बिहादी गाउँपालिकाको बेरुजु प्रतिशत २ दशमलब १२ प्रतिशत छ । बिहादीमा ५५ करोड ६९ लाख ९२ हजार रुपैयाको लेखापरिक्षण गर्दा १ करोड १७ लाख ९६ हजार बेरुजु देखिएको छ । यस्तै जलजला गाउँपालिकामा १ दशमलब ०६ प्रतिशत बेरुजु देखिएको छ । जलजलामा ९३ करोड ६८ लाख ४६ हजार रुपैयाको लेखापरिक्षण गर्दा ९९ लाख २६ हजार बेरुजु देखिएको छ ।


महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकाहरुमा गत आर्थिक बर्षको तुलनामा बेरुजु घटेको देखिएको छ । देशभरका स्थानिय तहको औषत बेरुजु प्रतिशत ५ रहेको छ ।नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’