तालिवान विद्रोहीद्वारा अफगानी राष्ट्रपति कार्यालय कब्जा,राष्ट्रपति असरफ घानी देश छाडेर काजिकिस्तानतर्फ भागे

काबुल । लडाकु समूह तालिवान अफगानिस्तानमाथि विजय नजिक पुगेको छ । राजधानी काबुलमा प्रवेश गरेर तालिवान लडाकुहरुले राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएका छन् ।

रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् ।

आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । सीएनएनका अनुसार तालिवान विद्रोहीहरु काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् ।

काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ ।

यसले २० वर्षपछि अफगानिस्तानमा तालिवानको शासन लगभग निश्चित गरेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग