“मलाई स्वर्ग चाहिंदैन”
-रामजी रिजाल
मलाई मेरो माटो भन्दा पवित्र क्यै चिज छैन।
नेपाली भै मर्नपाउं मलाई स्वर्ग चाहिंदैन।।
भोक निद्रा आलस्यले शरीरलाई गांजेपनी।
बाह्रैमैना बाह्रैकाल संसारमा उँचो बनी।।
सन्तान छन् थरिथरि माया गर्छिन् वरावरी।
इर्ष्या छैन डाह छैन एकैनास संधैभरि।।
आमा तिमी महान छौ माया कैले रित्तिदैन।
हिमाल् पहाड़ तराईको मुद्दा किन? सिद्धिदैन।।
पवित्र त्यो तिम्रो तन बिदेशिले कहिं छुंदा।
आमा तिम्रा अंगहरू पटक पटक बिक्री हुंदा ।।
शान्ती शान्ती भन्छ्यौआमा! ज्वाला भई निस्क अब।
सुन्दर नेपाल् निर्माणको राखिदेऊ छिट्टै जग ।।
यौटा भाईले अर्को भाईलाई चटाचटी काटीदिंदा ।
प्रेमपूर्ण बन्धुत्वको अस्तित्व नै मेटिइंदा।।
कति हेर्छौ टुलुटुलु घाईते छोरा ढलिराको।
सहन्छौ के? तिम्रा अंग विदेशमा बिक्री भा को?
तिमी माथी राजनीति रचाउने ब्वाँसा हरू।
सबैनेता यो देशका बारीकुर्ने बु-ख्याँचा हरू।।
बु-ख्यांचाको वुद्धिहुन्न जता तान्यो तेतै ढल्छ।
आमा! अब भन तिमी यै पाराले देश चल्छ ?
विरामीलाई औषधि र पानी छैन पिउन लाई ।
बन्दकोठा भित्र रून्छन् जनताहरू जीउनलाई।।
लाठी बोक्न नसक्ने र निर्धनहरू हुंदै हुन्न ।
सज्जनहरू कहिले पुग्ने यो देशको पहुँच सम्म।।
नेताजीलाई सातैपुस्ता जनतालाई बाटो छैन।
बांकी भए लूट नेता अब देश रहँदैन।।
पाङ,पर्वत