अफगान्स्तिानमा तालिवानले थाल्यो देशभर आक्रमण, मुख्य शहरमा प्रवेश गर्ने देखिएपछि सेनाको हवाई आक्रमण

(फाइल तस्बिर)

अफागानिस्तानमा विद्रोही तालिबानले देशभर आक्रमण गरिरहेका छन्। पुरै देश कब्जा गर्ने दृढताका साथ तालिबानले सरकारी सेनाविरुद्ध आक्रमण गरिरहेका हुन्।

तालिबानले यतिबेला मुख्य शहरहरुमा पनि आक्रमण गरिरहेका छन्। मुख्य शहरहरु कब्जाको प्रयास भएपछि तालिबानको आक्रामक रफ्तारलाई रोक्न सरकारी सेनाले अहिले हवाई कारवाही सुरु गरेका छन्।

बीबीसीका अनुसार अफगान हवाई सेनाले तालिबानको अखडामा आक्रमण गरिरहेको छ।

तालिबानले हेलमन्ड प्रान्तको राजधानी लस्कर गाहमा लडाइ जित्ने देखेपछि त्यहाँ तालिबानलाई प्रवेश गर्न नदिन लगातार हवाई आक्रमण जारी रहेको बताइएको छ।

लस्कर गाहको स्थानीयका अनुसार त्यहाँको सरकारी रेडिओ र टेलिभिजन स्टेसनमा तालिबानले कब्जा जमाएका छन्। अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरुले अफगानिस्तान छाड्न थालेपछि तालिबानले आक्रमणलाई तिव्रता दिएका हुन्।

तालिबानले हेरात तथा कान्दहरजस्ता मुख्य शहरमा पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। यदी यी मुख्य शहरहरु तालिबानले आफ्नो नियन्त्रणमा लिए उनीहरुको महत्वकाँक्षा र साहस बढ्ने र झनै ठूलो आक्रमण गर्नसक्ने अनुमान गरिएको छ।

सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो।

कतारमा भएको सम्झौताअनुसार १४ महिना भित्र नेटोका सेनाहरु घर फर्किए आफूले हिंसा नमच्चाउने र शान्ति प्रक्रिया अगाडि बढाउने तालिबानको भनाइ थियो।

अमेरिकाले ३१ अगस्ट भित्र आफ्ना सबै सेनालाई अमेरिका फर्कन आदेश दिइसकेको छ।

नेटोमा आवद्ध बेलायत लगायतका राष्ट्रले अमेरिकाले तोकेको समय अगावै आफ्ना सबै सेना फर्काइसकेका छन्।

आगामी सेप्टेम्बर ११ भित्र विदेशी सेना फर्किसक्नु पर्ने तालिबानको माग छ। यदी ती सेनाहरु अझै अफगानिस्तानमा रहे आफूले ती सेनालाई देश कब्जा गर्न बसेका लडाकु सम्झिने तालिबानले बताएको छ।

तर यतिबेला अफगानिस्तानबाट नेटोका सेनाहरु धमाधम फर्कन थालेपछि तालिबानले आक्रमण चर्काएको छ।

त्यहाँ शान्ति बहाल हुनेभन्दा गृहयुद्धले अग्र रुप लिएको देखिएको छ। यतिबेला तालिबानले सरकारी सेनाविरुद्ध आक्रमण गर्दै कयौं स्थान नियन्त्रणमा लिएका छन्।

अमेरिकी सेनाले फेरि सरकारी सेनालाई तालिबानविरुद्ध सघाउँदा गृहयुद्ध अन्त्य नहुने लक्षण देखिएको छ। बीबीसीको सहयोगमा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग