पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

पर्वत । जिल्लाका कुल खोप लक्षित उमेर समूहका ३३ प्रतिशतले कोरोना भाइरस विरुद्धको पहिलो डोजको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमका अनुसार जिल्लाका कुल लक्षित समूह मध्ये पहिलो डोज ३३ र दोस्रो डोज १० प्रतिशतले लगाएका हुन् ।

 

ओली नेतृत्वको सरकारले शुरुवात गरेको कोभिड विरुद्धको निशुल्क खोपको अभियान अहिलेको सरकारले पनि सञ्चालन गरेको छ । यस अघिको सरकारले खरिद सम्झौता गरेको १ करोड २६ लाख खोप नियमित रुपमा आपूर्ति भएपछि देश भर जस्तै पर्वत जिल्लामा पनि खोपलाई नियमित तालिका बनाइएको छ ।

डा. गौतमका अनुसार १८ बर्ष उमेर समूहका ८२ हजार जनसंख्या पर्वतमा रहेको अनुमान गरिएको छ । त्यो मध्ये पहिलो डोज २६ हजार ९ सय २४ जनाले लगाएका छन् । भने दोस्रो डोज ८ हजार ७२ जनाले लगाएका छन् । कुल ३२ हजार ३ सय २१ डोज अहिलेसम्म खपत भएको कार्यालयले जनाएको छ । जिल्लामा कोभिसिल्ड, भेरोसिल्ड र जन्सन एन जन्सन कम्पनीका गरी ३ कम्पनीका खोप लगाइएको छ । खोप अभियान अन्तर्गत ५० बर्ष भन्दा माथि उमेर समूहका सवैलाई खोप आगामी १ साता भित्र पुरा हुने स्वास्थ्य कार्यालयको भनाई छ ।

जिल्लाको दक्षिणी क्षेत्र फलेवास, पैयू, विहादी र महाशिलामा भने यो उमेर समूहको लागि खोप लगाइ सकिएको कार्यालयले जनाएको छ । केहि छुट मानिसहरुलाई भने अर्को चरणमा समावेश गरिने डा. गौतमले जानकारी दिए ।

जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत कुश्मा, जलजला र मोदी गाउँपालिकामा भने भोली देखि खोप सेवा सञ्चालन हुनेछ । यो अवधिमा ५० बर्ष देखि माथिल्लो उमेर समूहका मानिसलाई खोप लगाइनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’