भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित


एजेन्सी/भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यस्तै‚ सोही अवधिमा ४२४ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा इरानमा ३२ हजार ५००‚ इन्डोनेसियामा ३० हजार ७००, बेलायतमा २४ हजार ४००, रसियामा २२ हजार, अमेरिकामा २१ हजार, टर्कीमा २० हजार ८०० र ब्राजिलमा २० हजार ५०० जना कोरोना संक्रमित फेला परेका छन्। यससँगै विश्वभर ४ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

यो अवधिमा इन्डोनेसियामा १ हजार ६०४, रसियामा ७८९, मेक्सिकोमा ४५० तथा ब्रजिलमा ४४९ सहित विश्वभर ७ हजार १७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट विश्वभर मृत्यु हुनेको कुल संख्या ४३ लाख ३९ हजार ६०० पुगेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’