स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

काठमाडौं, १७ साउन । नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिएको छ । स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई दिएको जानकारीअनुसार असोज ९ सम्म सबै पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको छ । एमालेले साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टीलाई एकतावद्ध बनाउने निर्णय
बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सबै प्रयासहरु गर्ने भएको छ । महासचिव ईश्वर पोखरेलले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे ।

‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहन्छौं । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, महासचिव पोखरेलले भने । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’