पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

पर्वत । पर्वतमा ०७२ को भूकम्पबाट घर भत्किएका ४ हजार १६३ निजी आवास पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतका अनुसार जिल्लामा ६ हजार २६७ लाभग्राही सूचीकृत छन् ।

यीमध्ये ३८८ जना सम्झौता गर्न नै आएनन् । घर निर्माणको सम्झौता गरेका पूर्ण क्षतितर्फ ५ हजार ९२४ जना लाभग्राही सूचीकृत भएकामा प्रबलीकरणतर्फ ३४३ जना लाभग्राही छन् ।

पूर्ण क्षति भएका घर पुनर्निर्माण अन्तिम चरणमा रहे पनि प्रबलीकरणतर्फ २१४ जनाले पहिलो किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने एक जना पनि छैनन् ।

अहिलेसम्म घर पूर्ण क्षति भएका ५ हजार ६६५ जना लाभग्राहीले पहिलो किस्ता, ४ हजार ७१२ जनाले दोस्रो किस्ता र ४ हजार १६३ जनाले तेस्रो किस्ताको रकम पाएका छन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यालयका सूचना अधिकारी बालकृष्ण शर्माका अनुसार आर्थिक वर्ष ०७७÷७८ मा पुनर्निर्माणमा ८४ प्रतिशत प्रगति हासिल भएको छ ।

कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा तेस्रो किस्ता १ हजार ३३६ जना, दोस्रो किस्ता ९५६ जना र पहिलो किस्ता ३६२ जनालाई वितरण गरेको शर्माले जानकारी दिए ।

लाभग्राहीलाई अनुदान वितरण बाहेक कार्यालयले जोखिमयुक्त बस्तीका घरहरूका लागि जग्गा खरीद र व्यवस्थापन, सडक स्तरोन्नति, गुम्बा मर्मत, गुनासो व्यवस्थापन, सामाजिक तथा वातावरणीय सुरक्षण कार्यक्रम समेत सञ्चालन गरेको कार्यालय प्रमुख कृष्णराज गौतमले बताए ।

कार्यालयमार्फत स्तरोन्नति भइरहेको पातीचौर मैदान लप्सीबोट सडकको भौतिक प्रगति ९४ प्रतिशत र वित्तीय प्रगति ८८ दशमलव ६२ प्रतिशत सम्पन्न भएको, सामाजिक तथा वातावरणीय सुरक्षणतर्फ शतप्रतिशत प्रगति भएको कार्यालयले बताएको छ ।

गत आर्थिक वर्ष ४७ करोड ५१ लाख ८८ हजार ५०० रुपैयाँ बजेटको अख्तियारी प्राप्त भएको थियो । पुँजीगततर्फ ११ करोड ७४ लाख रहेकामा ७ करोड ३५ लाख २९ हजार १२५ रुपैयाँ खर्च भएको छ ।

चालूतर्फ ३५ करोड ७७ लाख ८८ हजार ५०० मध्ये ३१ करोड १३ लाख ५२ हजार १३६ रुपैयाँ खर्च भएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।आर्थिक अभियानबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’