गण्डकीमा मन्त्रीपरिषद बिस्तार -माओवादीले मन्त्री टुंग्यायो, कांग्रेसमा अझै अलमल

पोखरा, ८ साउन/ माओवादी केन्द्रले आफ्नोतर्फबाट गण्डकी सरकारमा जाने मन्त्रीको टुंगो लगाएको छ । माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व संसदीय दलका उपनेता रामजी बरालले गर्ने भएका छन् । उनले सरकारमा गएपछि अर्थ मन्त्रालय सम्हाल्ने छन् ।
माओवादीको तर्फबाट स्वास्थ्यमन्त्रीको रुपमा यसअघि नै मधुमाया अधिकारी गुरुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी छन् । बागलुङका चन्द्रबहादुर बुढाले कृषि मन्त्रालय र स्याङ्जाका दीपक चर्तीमगरले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाले गरी सहमति भएको माओवादी केन्दका सांसद दीपक कोइरालाले जानकारी दिएका छन् ।
यसअघि कांग्रेस र माओवादी केन्द्रबीच भौतिक योजना मन्त्रालय कसले पाउने भन्ने विवाद थियो । २ दलबीच पटक–पटक भएको बैठकपछि माओवादी केन्द्रले भौतिक योजना मन्त्रालय छाडेको हो । भौतिक योजना मन्त्रालय छाडेसँगै ११ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कुमार खड्काले सम्हालिसकेका छन् ।
२ वटा मन्त्रालय खोजेको जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाले अर्को मन्त्रालय दिने सहमति गरेपनि अन्तिम अवस्थामा आएर मन्त्रालय नदिने अवस्थामा कांग्रेस पुगेको छ ।
२ जना सांसद भएको जसपा दुवै मन्त्री पदसहित सरकारमा जाने योजनामा थियो । तर। अन्तिम समयमा आएर सहमतिअनुसार आफूहरुलाई २ मन्त्रालय नदिएपछि जसपा सशंकित बनेको छ । जसपा सांसद तथा ऊर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले आफूलाई सपथबारे थाहा भएपनि मन्त्रालय बाँडफाँडबारे जानकारी नभएको बताए ।
‘भोलि सपथ हुने भन्नेबारे सुनिएको छ । तर, हामीसँग भएको सहमतिअनुसार मन्त्रालय पाउनेमा हामी ढुक्क छौं,’ मन्त्री आचार्यले भने, ‘मुख्यमन्त्रीसँग राखिएको मन्त्रालय हाम्रै लागि होला । कथम्कदाचित सहमति अनुसार नभए पार्टीको बैठकले अर्को निर्णय गर्छ ।’
स्वतन्त्र सांसद दीपक मनाङले खेलकुद मन्त्रालयको जिम्मा पाएका छन् । यसअघिको सरकारमासमेत सामेल उनले भौतिक मन्त्रालयको दाबी गर्दै आएका थिए । तर, अन्तिममा आएर उनलाई पनि खेलकुद मन्त्रालयमै दोहो¥याइएको हो ।
अब कांग्रेसले सामाजिक विकास, भौतिक पूर्वाधार, कानून तथा संचार, प्रदेश मामिला र शिक्षा एवं पर्यटन उद्योग वाणिज्य मन्त्रालयमा आफ्नोतर्फबाट मन्त्री नियुृक्त गर्नेछ । यद्यपि, कांग्रेसबाट को–को मन्त्रीमा जाने भन्ने टुंगो लाग्न सकेको छैन । बिहीबार माओवादी केन्द्रले मन्त्री टुंग्याउँदा कांग्रेसले मन्त्रीको नाम केन्द्रबाटै आउने बताइरहेको छ ।
कांग्रेसबाट बागलुङका मणिभद्र शर्मा, कास्कीका विन्दुकुमार थापा, स्याङ्जाका भागवतप्रकाश मल्ल र मेखलाल श्रेठ तथा तनहूँका दोबाटे विश्वकर्मा मन्त्रीको दौडमा छन् । मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग उठिरहँदा नवलपुरकी ओमकला गौतम, पर्वतकी ललितकला गुरुङ र गोर्खाकी मनकुमारी गुरुङले पनि दावी छाडेका छैनन् ।
‘माओवादीले मन्त्री टुंग्याएपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने निश्चित हो तर कांग्रेसमा कुरा मिलिसकेको छैन,’ कांग्रेसका एक सांसदले भने, ‘रातभरमा जसले केन्द्रमा पहुँच पु¥याउँछन्, उसकै नाम मन्त्रीको रुपमा आउने सम्भावना छ ।’
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जेठ १९ गते आफूसहित ४ जना विना विभागीय मन्त्रीसहित सपथ लिएका थिए । असार ४ गते विश्वासको मत लिएपछि पनि उनले सत्ता गठबन्धनमा रहेका दलहरुसँग मन्त्रालयको भागबण्डा मिलाउन नसक्दा सरकारले पूर्णता नपाएको हो ।ढोरपाटन दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’