कुश्माबजारमा मास्क नलगाई हिड्नेलाई जरिबाना

पर्वत/विश्वव्यापी रुपमा फैलीरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण फैलिरहेका बेला मास्क नलगाई हिडडुल गर्ने २ सय जना एकैदिन कारवाहिमा परेका छन् जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा बुधवार दिउँसो गरिएको अनुगमनमा बजारका विभिन्न भागमा हिडडुल गर्ने र पसलहरुमा बस्ने २ सय जनाले मास्क नलगाएको पाईएको हो । नयाँ भेरियन्टको भाईरस पर्वत जिल्लामा समेत तिव्र रुपमा बढिरहेकोले रोकथाम तथा नियन्त्रणका लागि कुश्मा बजारमा मास्क (चेकिङ) अनुगमन गरिएको हो ।एकैदिन गरिएको अनुगमनमा कारवाहीमा परेका २ सय जनावाट जरिवाना स्वरुप २० हजार संकलन भएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उनिहरुले व्यक्तिगत लापरवाही र हेलचक्राईका कारण मास्क नलगाएको पाईएपछि जरिवाना गरिउको हो । अनुगमन टोलीले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन घरमा बस्दा पनि अनिवार्य मास्कको प्रयोग गर्न, कुनै अत्यावश्यक काम बाहेक घर वाहीर हिंडडुल नगर्न र स्वास्थ्य सुरक्षा मापदण्डको कडाईका साथ पालना गर्न सुझाव समेत दिएको थियो ।प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री को नेतृत्वमा गरिएको अनुगमनमा प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, सामुदायीक प्रहरी सेवा केन्द्र कुश्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र पत्रकार महासंघ का प्रतिनिधिहरुको सहभागिता रहेको थियो

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?