पर्वतको गुप्तेश्वर वहुमुखी क्याम्पसमा भदौदेखि स्नातकोत्तर तहको कक्षा संचालन हुने

पर्वत/ पर्वतको कुश्मामा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसमा भदौ १६ गतेबाटै स्नातकोत्तर तहको पढाई शुरु हुने भएको छ । क्याम्पसले हालै स्नाकोत्तर तहको पठनपाठन गर्ने अनुमती पाएको थियो ।
अनुमती पश्चात क्याम्पसले विद्यार्थी भर्ना प्रक्रिया शुरु गरेको छ । क्याम्पसले पत्रकार सम्मेलन गर्दै समग्र आर्थिक तथा भौतिक अवस्था, भावी कार्यक्रम, स्नातकोत्तर कक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी दिएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष बसन्तकुमार कमाचार्यले जिल्लाको गरिमा बढ्ने गरि क्याम्पसले स्नातकोत्तर कक्षा सञ्चालन गर्न थालेको बताउनुभयो । उहाँले समयको आवश्यकता र जिल्लावासीहरुको माग अनुसार स्नातकोत्तर तहको पठनपाठन शुरु गर्न लागेकोमा सबैले गर्व गर्ने स्थिती बनेको बताउनुभयो ।
अहिले गुप्तेश्वर वहुमुखी क्याम्पस प्रति सबै सरोकारवालाहरुको सकारात्मक तबरले ध्यान केन्द्रित भएको बताउँदै अध्यक्ष कमाचार्यले सबैको सहयोगले नै चुनौतीको नजरले हेरिएको स्नातकोत्तर तहको पढाई सञ्चालन हुन थालेको बताउनुभयो । कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिँदै क्याम्पस प्रमुख सुवास पन्तले अहिले एमविएसमा पठनपाठन शुरु गरिएको र निकट भविष्यमा अरु संकायमा पनि कक्षा चलाउने प्रतिबद्धता जनाउनुभयो ।
क्याम्पसले गुणस्तरीय पठनपाठन र गुणस्तरीय नतिजा ल्याउने गरि कक्षा सञ्चालन गर्ने प्रमुख पन्तले दाबी गर्नुभयो । पन्तले सेमेस्टर प्रणालीमा पढाई हुने र कार्यगत मान्छेहरूलाई समेत लक्षित गरी कक्षा चलाइएकोले साँझको समयमा कक्षा सञ्चालनको तयारी भइरहेको बताउनुभयो । सदरमुकामका विभिन्न वित्तीय संस्थामा काम गर्दै आएका कर्मचारीहरूले स्नातक गरेर जागिरमा लागेपछि स्नातकोत्तर पढ्न जान समय नपाएकाले त्यस्ता व्यक्तिलाई समेत एमबीएसको लक्ष्यमा राखिएको जानकारी गराईएको छ । कार्यक्रममा आर्थिक समितिका संयोजक कमलनाथ पोखरेलले अर्थ व्यवस्थापनका बारेमा धारणा राख्नुभएको थियो ।उहाँले ५ करोड अक्षयकोष स्थापना गर्ने, विभिन्न दातृ निकाय र संस्था संग सहयोग संकलन गर्ने, आन्तरिक स्रोतलाई मितव्ययी बनाउने लगायतका विभिन्न रणनीति अपनाईने बताउनुभयो । सुरुमा कम्तीमा पनि पाँच करोडको अक्षयकोष निर्माण गर्ने र पहिलो ब्याचमा कम्तीमा पनि ५० जना विद्यार्थी भर्ना गर्ने गरी प्रयास थालिएको क्याम्पस प्रशासन बताउँछ । पूर्व अध्यक्ष लोकनाथ आचार्य, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापकहरु, क्याम्पसका शुभेक्छुक, भूपू विद्यार्थी पनि कार्यक्रममा सहभागी हुनुभएको थियो

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’