एनआरएनए यूके युवा संयोजकमा उम्मेदवारी दिंदै युवा व्यवसायी गुरुङ

लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनमा युवा व्यवसायी चन्दन गुरुङ युवा संयोजक पदमा उम्मेदवार बन्ने भएका छन् ।

एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका सहकोषाध्यक्ष गुरुङले बेलायतस्थित नेपाली युवाहरुको प्रतिनिधित्व गर्दै उक्त पदमा उम्मेदवारी दिन लागेको बताए ।

‘एनआरएनए अभियानमा लामो समयदेखि नजिक रहंदै आएं, पछिल्लो कार्यकालमा इंग्ल्याण्ड राज्य परिषदको सहकोषाध्यक्षको रुपमा धेरै सिक्ने र बुझ्ने मौका पाएं’, आफ्नो उम्मेदवारीबारे उनी भन्छन्, ‘एनआरएनएजस्तो प्रवासका हरेक नेपालीको प्रतिनिधिमुलक संस्थामा युवाको सहभागिता र सक्रियता सन्तोषजनक देखिन् । यही खाली ठाउँ भर्ने आकांक्षासहित युवा संयोजककै उम्मेदवार बन्ने निचोडमा पुगेको हुँ ।’

एनआरएनए यूकेमा बेलायतस्थित नेपाली युवाहरुको आकर्षण, उपस्थिति र सहभागिता बढाउनु नै गुरुङको प्रमुख एजेन्डा छ । जसका लागि उनले विभिन्न कार्यक्रम र योजनाहरु तयार गरेका छन् ।

आफ्नो उम्मेदवारीप्रति युवाहरुको साथ र अग्रजहरुको समर्थन प्राप्त भएकाले हौसला बढेको गुरुङ सुनाउंछन् ।

सामाजिक कार्यहरुमा सधैं अग्रसर गुरुङ सफल युवा व्यवसायीका रुपमा परिचित छन् । उनी अल्डरसटस्थित लोकप्रिय पानस रेष्टुरेन्टका संचालक पनि हुन् ।

हालै कोभिड महामारीका बेला अल्डरसट क्षेत्रका नेपालीहरु र मुख्यत: वृद्ध-वृद्धाको सहयोगमा खटिएका थिए गुरुङ । समस्यामा परेकाहरुको घरमै पुगेर राहत बांड्नेदेखि उनी स्थानीय खोप केन्द्रमा स्वयमसेवकका रुपमा पनि सहयोगमा जुटे ।

सामाजिक सेवा र व्यवसायसंगै खेलकुदमा पनि रूचि राख्ने गुरुङ अल्डरसट भलिबल संघका संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा अल्डरसटमा वर्षेनी भलिबल प्रतियोगिता हुँदै आएको छ । उनी पर्वत वेल्फेयर सोसाइटीमा पनि कार्यसमिति सदस्य छन् ।

एनआरएनए यूकेको युवा संयोजकका रुपमा युवाको आवाज बुलन्द पार्ने अठोट गुरुङको छ । उनी भन्छन्, ‘युवाको आवाज नै मेरो आवाज हो, त्यही ‘स्पिरिट’ मा काम गर्न म प्रतिवद्ध छु । मलाई बेलायतवासी सम्पूर्ण नेपालीहरुको अमुल्य मतका लागि हार्दिक अपिल गर्दछु ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’