दुहुनो भैंसी पाल्ने किसानलाई १८ लाख अनुदान

बलेवा । बाग्लुङको जैमिनी नगरपालिकाले दुहुना भैंसी पाल्ने किसानलाई १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक किसानलाई १ लाख ३० हजार रुपैयाँ गरी कुल १८ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।

जैमिनी नगरपालिका–१० का दुहुना भैंसी पाल्ने ५० किसानलाई जनही ३४ हजार १४० रुपैयाँका दरले १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक २ जना किसानलाई जनही ६५ हजार रुपैयाँका दरले कुल १ लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।

किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले बताएको छ । ‘किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ’, प्रमुख ढकालले भने, ‘कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ ।’

नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।

जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैंसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैंसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?