कविता- खोजेकै त हो नि

-स्मृति पौडेल
छुटेका थिए ती सम्बन्ध हरु
प्रेम रुपि तारले जोड्न
खोजेकै त हो नि
सिसा सरि चकनाचुर
भए पनि सपना
बिश्वास को वातावरण
रोजेकै त हो नि।

वाढिपहिरो ले ढाले सरि जीवन
छरपस्ट भएकै हो बालि
कोमल ह्दयमा छरिएका चाहना
प्रेमको अनुभुति ले
जोड्न खोजेकै त हो नि।।

भरोसाको दियो निभ्दा
हराएका थिए रहरहरु
शितल जुनको किरण सरि
मलम लगाई निको पार्न
खोजेकै त हो नि।।

मस्तिष्क मा लागेको छ
गहिरो घाउ
मलमपट्टि लगाउन धेरै खोजे
रित्तो जिबनका पानामा
केही नयाँ लेख्न खोजेकै त हो नि
हर परिस्थिति लाई
सम्हालेर खुसि जीवन
रोजेकै त हो नि
पोखरा

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

संघीयता लागूपछि खारेजीमा परे दर्जन कार्यालय, करोडौंका संरचना बेवारिसे

गण्डकीको नयाँ मन्त्रिमण्डल : असमावेशी, असन्तुलित !

पर्वतमा ४ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण

बधाई दिँदै विपक्षीले देउवामाथि कटाक्ष गरेपछि…

फेरि निषेधाज्ञा होला त ?