बेल्जियमलाई २–१ ले हराउँदै इटली सेमिफाइनलमा

काठमाडौं /फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटलीले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले उच्च स्तरको प्रदर्शन गरेका थिए । बेल्जियमका तीनजना खेलाडीलाई डिबक्सभित्रै छक्याउँदै निकोलो बरेल्लाले गरेको प्रहारले खेलेको ३१ औं मिनेटमा जाली चुमेको थियो ।

खेलेको ४४ औं मिनेटमा इटलीले अग्रता दोब्बर पा¥यो । लोरेन्जो इन्सिग्नेले खेलको ४४ आंै मिनेटमा डिबक्स नजिकैबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफको अन्त्यमा जियोभानी डि लोरेन्जोले जेरेमी डोकुलाई फल गरेपछि बेल्जियमले पेनाल्टी प्रहारको मौका पाएको थियो, जसमा रोमेलु लुकाकुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गर्ने अवसरहरु सिर्जना गरेका थिए । तर, थप गोल हुन सकेन र इटली सेमिफाइनल पुग्यो ।

यस जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटलीको अपराजित यात्रा ३२ औं खेलमा पुगेको छ, जसमध्ये पछिल्ला १३ खेलमा उसले लगातार जित हासिल गरेको छ । युरोकपको सेमिफाइनलमा अब इटलीले स्पेनको सामना गर्नेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’