पर्वतको धाइरिङ्गमा पहिरोले विस्थापित ३१ परिवार विद्यालयको आश्रयमा


पर्वत/अबिरल वर्षापछिको पहिरोका कारण पर्वतको जलजला गाउँपालिका ७ धाईरिङका ३१ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकको अमर आधारभूत विद्यालयमा राखिएको छ । धाईरिङको किराखोरमा रहेको सिंगो दलित वस्ती पहिरोको जोखिममा परेको हो ।

पहिरोका कारण अधिकांश घर बस्न नहुने भएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो । यद्यपि विद्यालयको भवन समेत जीर्ण भएका कारण उनीहरु खुल्ला चौरमा टेन्ट टाँगेर बस्न बाध्य छन् । वर्षातको समयमा घर छाडेर खुल्ला चौरमा बस्नु पर्दा सुत्केरी, बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

वस्तीका कुनै पनि घर बस्न योग्य नरहेको स्थानीय दुर्गा दर्जीको भनाई छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिले अहिलेसम्म आश्वासन मात्र दिएको पीडित परिवारले गुनासो गरेका छन् । source -radio kantipur

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकी प्रदेश -मन्त्री बढे, क्वाटर पुर्‍याउन सकस, २ मन्त्री घरमै, २ डेरामा

गण्डकीमा ५१९ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

भोली पर्वतका यी ठाउँमा दिनभर बिद्युत सेवा अबरुद्ध हुने

३४ बुँदे माग राखेर पर्वतका शिक्षक अनसनमा

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ