जलजलाका पहिरोपिडित ५२ परीवारलाई खाद्यन्न बितरण


पर्वत। एक साता अघि गएको पहिरोले पर्वतको जलजला गाउँपालिका ७ धाईरिङमा बस्तीनै स्थानन्त्रण गर्नपर्ने गरी क्षती भयो । त्याहाँका कतीपय परिवार घरबार बिहिन भए । कहालीलाग्दो अवस्थाबाट गुज्रेका पहिरो पिडितलाई नेकपा एमाले पर्वत जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभा पुर्व सदस्य पदम गिरीले राहात प्रदान गरेर पीडितको घाँउमा मलम लगाउने काम गर्नुभएको छ ।
गिरीले आईतबार आवश्यक खाद्यन्न सामग्री सहित पहिरो प्रभावित क्षेत्रमै पुगेर स्थलगत अबलोकन सगै राहत वितरण गर्नुभएको हो । उहाँले पहिरोका कारण बिस्थापित बनेका ५२ परिवारलाई चामल, तेल, नुन लगायतका खाद्य सामाग्री सहयोग गर्नुभएको हो । राहात वितरण कार्यक्रममा बोल्दै उहाँले विपद्का बेला सहयोग गर्न नसक्ने जनताको सरकार नहुने बताउनुभयो । पुर्व सांसद गिरीले जिल्लाबासीको लागी भोकभोकै बस्नु पर्ने स्थिती आउन नदिने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले बाढीपहिरोको उच्च जोखिमयुक्त जिल्लाको सूचीमा राखेर योजना बताउन पहल गर्ने आश्वासन समेत दिनुभयो । जिल्लामा यस वर्ष पनि पहिरोका कारण ठूलो धनजनको क्षति हुन सक्ने तर्फ ध्यानाकर्षण गराउँदै तिनै तहका सरकारले योजना तयार पारी विस्थापितलाई राहातको प्रत्याभूति गराउनुपर्ने धारणा राख्नुभयो ।

प्रभावित क्षेत्रमा अझैपनि व्यापक समस्या छ । सडकहरु अवरुद्ध छन् । पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री प्रदान गर्न पुगेका गिरीले विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुने गरी स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्तm गर्नुभयो । राहात सामाग्री लिएर सो स्थानमा पुगेक गिरीले जलजला गाउँपालिकाको बाढीपहिरो ग्रस्त अन्य क्षेत्र जलजला ४ लामाखेत, खोलाखेत, लुङदी लगायतका स्थानहरुको अबलोकन समेत गर्नुभएको थियो । सो अबसरमा नेकपा एमालेका नेता मेघनाथ सुबेदी, लालबहादुर अधिकारी युवा संघ जिल्ला अध्यक्ष थमनारायण पौडेल, युवा संघ केन्द्रिय सदस्य अर्जुन पौडेल निर्जन,युवासंघ जलजला अध्यक्ष दिलिप बरुवाल लगायतको टोली समेत पुगेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकी प्रदेश -मन्त्री बढे, क्वाटर पुर्‍याउन सकस, २ मन्त्री घरमै, २ डेरामा

गण्डकीमा ५१९ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

भोली पर्वतका यी ठाउँमा दिनभर बिद्युत सेवा अबरुद्ध हुने

३४ बुँदे माग राखेर पर्वतका शिक्षक अनसनमा

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ