टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पर्वतका दुईजनाको मृत्यु

पर्वत/ पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वतको मोदी गाउँपालिका वडा नं १ भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पर्वतबाट पोखरातर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग २० प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा लगिएको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकी प्रदेश -मन्त्री बढे, क्वाटर पुर्‍याउन सकस, २ मन्त्री घरमै, २ डेरामा

गण्डकीमा ५१९ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

भोली पर्वतका यी ठाउँमा दिनभर बिद्युत सेवा अबरुद्ध हुने

३४ बुँदे माग राखेर पर्वतका शिक्षक अनसनमा

सुन जस्तै धातु देखाएर ठग्‍ने सात जना पक्राउ