प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे जाने पदमार्ग पञ्चासे क्लवद्धारा सरसफाई

पर्वत- पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा पर्ने प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे जाने पदमार्ग सरसफाई गरिएको छ ।
यहि मंसिर २८ गते परेको बालाचतुर्दशी पर्वको अवसरमा सद्बीज छर्न पञ्चासे जाने भक्तजनहरुको सुविधाका लागि पदमार्ग सरसफाई तथा केहि ठाउँमा ममंत सम्भार गरिएको हो । पञ्चासेमा बालाचतुर्दशीको अवसरमा विशेष मेला लाग्ने गर्दछ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चासे युवा क्लवले सोमवार झण्डै १० घण्टाको समय लगाएर आर्थर डाँडाखर्क स्थित हिलेदेखि राधाकृष्ण सुधामा मन्दिर हुँदै पञ्चासे ताल र तालदेखि पञ्चासेको सवैभन्दा अग्लो स्थानमा रहेको मुख्य मन्दिरसम्म सरसफाई गरिएको क्लवका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।
बालाचतुर्दशीको अवसरमा पञ्चासेमा मेला भर्नका लागि पर्वत, कास्की, स्याङ्जाका साथै पाल्पा, तनहुँ, बागलुङ लगायतका जिल्लाहरुवाट पनि दर्शनार्थी आउने गर्दछन् । उनिहरुलाई पदमार्गमा आवतजावत गर्दा कुनै समस्या नहोस् भन्ने पवित्र भावनाले सरसफाई गरिएको क्लवका सल्लाहाकार रामकृष्ण गुरुङले जानकारी दिनुभयो ।


सरसफाई कार्यक्रममा आर्थर मिलिजुली कृषि तथा पशु फार्मका अध्यक्ष कुमार गुरुङ र बरिष्ठ उपाध्यक्ष चन्द्र गुरुङको विशेष आतिथ्यता रहेको थियो भने क्लवका जेष्ठ सदस्य अमृत गुरुङ सहित क्लवका पदाधिकारी सक्रिय रुपमा सहभागि हुनुभएको थियो ।
सरसफाई अभियानका लागि आवश्यक आर्थिक सहयोग हाल फ्रान्समा रहनुभएका इमान गुरुङ जीवनले गर्नुभएको थियो ।
बालचतुर्दशीकै अवसरमा पञ्चासे पिता स्वर्गिय गोपाल गुरुङको स्मृतिमा बनाईएको स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्र ी पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा स्तम्भ अनावरण गरिने क्लवका सल्लाहकार रामकृष्ण गुरुङले जानकारी दिनुभयो । पछिल्लो समय पञ्चासे गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य स्थलको रुपमा विकास हुँदै समेत गएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’