तेह्र बर्षिय बालकले गरे बिश्वकै दोस्रो अग्लो बन्जीबाट जम्प, यस्तो छ उनको अनुभव

पर्वत, कार्तिक १८ / प्रौढ मानिस समेत बारीको कान्लोबाट हामफाल्नका लागि पनि दुई पटक सोच्नुपर्छ । कालीगण्डकीको खोंचमा बनेको २ सय २८ मिटर अग्लो बन्जीबाट हाम फाल्दा त धेरै पटक सोच्ने गर्दछन । तर साहस आँट भयो भने १३ बर्षिय बालकले पनि बिश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्न सक्छन ।
पर्वतको सदरमुकाम कुश्माका १३ बर्षिय बालक मन्दिप क्षेत्रीले कुस्मा र बाग्लुङको बलेवा जोड्ने बिश्वकै दोस्रो अग्लो बन्जीमा जम्प गरेका हुन । क्षेत्री बिश्वकै दोस्रो बन्जीबाट जम्प गर्ने सबैभन्दा कम उमेरका बालक हुन ।
द क्लिफ प्रालिले निर्माण गरेको बन्जी जम्पले अभिभावकको अनुमति र प्रत्यक्ष उपस्थितिमा बालबालिकाकालाई पनि बन्जी र बिश्वकै अग्लो स्विङ गर्न दिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो । ‘सहासिक खेल भएका कारण आँट र दह्रो मुटु बनाउने बालबालिकालाई पनि यो अवसर दिएका छौ’ उहाँले भन्नुभयो ‘त्यसका लागि अभिभावक स्वयम उपस्थित हुनुपर्छ र अनुमति दिनुपर्छ ।’ अहिले दैनिक झण्डै ५० जनाले बन्जी र स्विङ गरिरहेका छन ।
द क्लिफले बिश्वकै अग्लो स्विङ, बिश्वकै दोस्रो अग्लो बन्जी पालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङलाई कार्तिक १५ देखि ब्यबसायिक रुपमा सञ्चालन ल्याएको छ । निजी लगानीमा ५ सय २५ मिटर लामो एसियाकै नमुना पुल तथा बन्जी, स्विङ, गुलेली पिङ, स्काई साइक्लिङ, रिर्सोट निर्माणका लागि झण्डै २८ करोड रुपैया खर्च भएको छ ।
यस्तो छ मन्दिपको अनुभव


कुस्मामा बन्जी निर्माण भैसक्यो र अब सञ्चालनमा आउँछ भनेपछि मलाई पनि बन्जीजम्प गर्न खुबै रहर लागेको थियो । मेरो दिदी मोनिका र मैले संगै बन्जी गर्ने सल्लाह गरेका थियौ । बन्जी गर्नका लागि बाबा ममिले पनि सहयोग गरेपछि हामी दुबै दिदी भाईले नै बन्जी गर्ने भन्यौ । शुरुमा बन्जीका लागि तयार भएर जाने क्रममा एक जना दाईले मन अमिलो पारेको देखेपछि मलाई पनि कताकता असजिलो लागेको थियो तर अघि सर्दै गएपछि सहास बढेर गयो । जब हाम फाँले मलाई रोमाञ्चक अनुभूति भयो । तल पुगेछि डोरी समाउने क्रममा अलमल हुँदा केही समस्या भयो तर समयमा नै माथि आउन सहयोग पु¥याउनुभयो । सहास बटुल्ने हो भने कुनै खतरा छैन, रोमान्चक अनुभव लिनका लागि बन्जी गर्न सकिन्छ । दिदी मोनिकाको भन्दा तौल बढी भएकाले मन्दिपले नै पहिले जम्प गर्ने अवसर पाएका थिए । दिदी मोनिकाले पनि १६ बर्षमा जम्प गरेकी छन । यस अघि १६ बर्षकी युरिका जोशीले पनि जम्प गरिसकेकी छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’