गजल

-अनु शाह

पराई माटो टेके पछि छाती भरि देश दुख्छ
देशको हालत देखे पछी छाती भरि देश दुख्छ
कल्पनामा सु-सम्पन्न बिकाशका कुराहरु
कवितामा लेखे पछी छाती भरि देश दुख्छ
आफु भन्दा प्यारो मेरो देश भित्र जता ततै
हिंसा मात्रै भेटे पछी छाती भरि देश दुख्छ
जानी जानी छिमेकीले जनक बुद्ध मेरो भनि
यथार्थलाई रेटे पछि छाती भरिदेश दुख्छ
आफन्त कै षड्यन्त्रमा परेको छ मेरो धर्ति
सन्तानले नै बेचे पछी छाती भरि देश दुख्छ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’