आईपीएलमा दिल्लीको दोस्रो जित, चेन्नई ४४ रनले पराजित

काठमाण्डाै ,असोज १० /इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ ।

राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । चेन्नईले लगातार दोस्रो हार बेहोरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो । बलियो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरे ।

शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए । पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे । ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गरे । चेन्नईका पिउस चावलाले २ विकेट लिए । जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका सेन वाट्सन १४ र मुरली विजय १० रनमा आउट भए । चेन्नईले ४४ रनमा तेस्रो, ९८ रनमा चौथो र एक सय १३ रनमा पाँचौ विकेट गुमायो । टिमका कप्तान महेन्द्रसिंह धोनी १५ रनमा आउट भए । दिल्लीका कागिसो राबाडाले तीन विकेट लिए । यो जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’