नेपालको नयाँ नक्शा राखेर शक्ति क्षेत्रीले ल्याए देशभक्ती गित ( भिडियो सहित )

पर्बत । नेपालको नयां नक्शा सहित मेरो देश स्वदेश गान सार्वाजनिक भएको छ । भारतले अतिक्रमण गरेको नेपालको भुमि लिपूलेक र लिम्पीयाधुरा समेतलाई समेटेर जारी गरिएको नक्शा राखेर देशभक्ति गितको रचना गरि सार्वाजनिक गरिएको छ । देशभक्तिलाई ध्यानमा राखेर कुशल सर्जक शक्ति क्षेत्रीले लेखेको गितमा स्वर कमल खत्रीले दिएका छन् भने अभिनय पनि उनले नै गरेका छन् । प्रवासमा वसेर पनि देशको माटो संझेर केहि गरो भनि मेरो देश नामक स्वदेश गानको रचना गरेको शक्ति क्षेत्रीले वताए । उक्त गितमा संगित समेत उनले नै दिएका छन् ।

‘लिम्पियाधुरा र कालापानी सहितको नक्सा नेपाल सरकारले जारी गरेपछि मेरो देशको भिडियो रिलिज भएको हो । उक्त भिडियोमा नेपालको नयाँ नक्शा प्रयोग गरेको गायककार खत्रीले भने, ‘गीतको भिडियो छायांकन गर्न मात्रै दुई महिना लागेको थियो । भिडियोमा देशका विभिन्न ठाउँहरुको दृश्य समेटिएको छ । गीतको भिडियोमा कालिञ्चोक, मुस्ताङ, शिवापुरी, बसन्तपुर दरवार स्क्वायर, पाटन दरवर स्क्वायर, धौलागिरी बेस क्याम्प, डेविस फल,पर्वतको रकगाडेन, जनकपुर लगायता देशका विभिन्न सांस्कृतिक महत्व बोकेका र सुन्दर ठाउँहरु समावेश गरिएका छन् । भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् । भिडियोलाई युट्युबमा छोटो समयमा नै धेरै दर्शकले मन पराएका छन् ।

भिडियो सहित

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’