क्वारेनटाइन लैजाँदा भिरबाट हाम फाल्नेको रिपोर्ट नेगेटिभ

पोखरा, असार २/ क्वारेनटाइनमा राख्न लैजादा बाटोमै भिरबाट हाम फालेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
बागलुङको बागलुङ नगरपालिका १३ पैयूँपाटाका ३९ वर्षीय चन्द्रबहादुर नेपालीमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो । नेपालीले सोमबार बिहान पर्वतको कुस्मा नगरपालिका ८ चुवा स्थित पोखरा बागलुङ सडकमा गाडीबाट हाम फालेका थिए ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।