गण्डकी प्रदेशका पाँच जिल्लामा थपिए १८ जना कोरोना संक्रमित

काठमाडौं ,असार २ / गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माका अनुसार सबै भन्दा धेरै गोरखामा १० जनामा संक्रमण देखिएको छ। गोरखाको गोरखा नगरपलिकामा आठ जना र बारपाक सुलिकोट गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ।
त्यस्तै स्याङजामा ४ जना, नवलपरासी पूर्वमा २ जना र कास्कीमा एक जना र बाग्लुङमा १ जनामा संक्रमण देखिएको छ। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ।