दुर्लुङ पहिरो – मृतकको सामुहिक अन्येष्टिको तयारी, बर्षाले बेपत्ताको खोजी कार्य प्रभावित

पर्वत, असार १ / पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा परी मृत्यु भएका दुई घर परिवारका ८ जनाको आन सामूहिक अत्येष्टि गरिने भएको छ ।
पहिरोमा परि मृत्यु भएका तुलबहादुर थापाको परिवारका ६ जना र कमला बिकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीबेणीमा सामुहिक अन्त्येष्टि गरिने भएको हो ।
मृतक ८ जनाको शव पोष्टर्माटमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकको पोष्टमार्टम सकिएपछि आजै सामुहिक अन्येष्टि गरिने स्थानियबासी प्रभु गुरुङले जानकारी दिनु । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देबकोटाले पोष्टर्माटमको तयारी भैरहेको बताउनुभयो ।

दुई घण्टा सम्मको मुसलधा बर्षापछि गएको पहिरोमा परेर ६२ बर्षिय तुलबहादुर थापा , उहाँकी श्रीमती ६० बर्षिया मिनाकुमारी थापा, छोरी ३४ बर्षिया दिर्पा थापा, नातिनी ११ बर्षिया विविसा थापा, नातिहरु १५ बर्षिय सम्राट थापा र १७ बर्षिय बिवेक थापाको मृत्यु भएको थियो । मृतक मध्ये बिबेक दिर्पाका छोरा हुन भने अन्य दुई जना बालबालिका छोरा तर्फका नाति र नातिनी हुन ।
यसैगरी पहिरोमा परेर २६ बर्षिया कमला विकका छ ८ बर्षिया छोरी प्रमिशा विकको पनि मृत्यु भएको भने उहाँकै १४ बर्षिय छोरा जेनिश विक बेपत्ता हुनुभएको छ । उहाँको भइरहेको छ । आइतबार बेलुका सम्म फेला नपरेपछि सोमबार बिहानैबाट खोजी शुरु गरिएपनि बर्षाका कारण प्रभाबित भउको छ । अहिले पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी