क्वारेण्टिन लैजाँदै गरिएका युवा हामफालेर घाइते, अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु

पर्वत, १ असार/ क्वारेन्टिनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भिर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार सुनौलीबाट उद्धार गरि बागलुङ तर्फ जाने क्रममा बस रोकेको मौका पारि भीरबाट हामफालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र गण्डकी अस्पताल पोखराले मृत्यु भएको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए । पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो । बर्षाका कारण सडकको अबस्थाका विग्रिएपछि अगाडी जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपाली भने भीरबाट हाम फालेका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी