तरकारी पकाउँदै गर्दा छिमेकीले तानेर बचाएका भुवन गिरी भन्छन- संयोगले बाँचे

पर्वत असार १ । कुस्मा नगरपालिका ३ दुर्लुङमा शनबार साँझदेखि मुसलधारे पानी पर्न थालेको थियो । पानीसँग सवा आठ बजेतिर दुर्लुङकोटको पाखोबाट खसेको पहिरोले तुलबहादुर थापा र कमला बिकको घर बगाए लग्यो ।
पहिरोले बगाएका तुलबहादुर र कमलाको घरसँगै जोडिएको छ ६२ वर्षीय भुवन गिरीको घर । भुवन गिरीको घरको आधा भाग पनि पहिरोले लगेको छ ।उनले घरमै किराना पसल र मासुको व्यवसाय पनि गर्थे । पहिरो जानुअघि छिमेकी युवा गौतम रेग्मी उनीकहाँ मासु किन्न आए । भान्छामा तरकारी पकाउँदै गरेका भुवनले एकैछिन पर्खिन भने । यत्तिकैमा गड्याङ–गुडुङको आवाजसहित जमिन हल्लिन थाल्यो ।

भान्सामै आत्तिएका भुवनलाई उनका छोरा अर्जुन र मासु लिन आएका गौतमले तानेर बाहिर निकाले । लगत्तै पहिरोले उनको घरको आधाभन्दा धेरै भाग बगाएर लग्यो । मासु राखेको फ्रिज भएको कोठासहित तीन कोठा पहिरोले बगायो ।

‘भान्सामा तरकारी पकाउँदै थिएँ, त्यही वेला आएका गौतमले मासु मागेका थिए, उनलाई एकछिन पर्ख भनें । त्यही वेला पहिरो आयो । मासु निकाल्न पल्लो कोठा गएको भए बाँच्ने रहेनछु, भाग्यले बाँचेँ,’ भुवनले शनिबारको घटना सम्झिए । पहिरोले उछिट्याउँदै ल्याएको सानो ढुंगाले उनको टाउकोमा सामान्य चोट लागेको छ । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी