माछापुच्छ्रे हाँस्न खोज्दा सिंगो दुर्लुङ गाउँ रोर्यो

दुर्गाप्रसाद शर्मा
दुर्लुङ, पर्वत , असार १/ रातभरको मुसलधारे बर्षापछि बिहान मौसम केही खुल्दै थियो । सफा मौसममा माछाको पुछार जस्तै देखिन्छ माछापुछ्रे हिमाल दुर्लुङ गाउँबाट । रातभरको झरीमा रुझेर होला बिहान घाम संगै कुहिरोको बिचबाट निस्केर मुस्कुराउने प्रयासमा थियो माछापुछ्रे हिमाल ।
रातभर रुझेको माछापुछ्रेले पुछार निकालेर मुस्काउन खोज्दा हिमाल संगै हाँस्न सकेका थिएनन दुर्लुङबासी । शनिबार राती आएको मुसलधारे बर्षापछि आएको पहिरोले तीन घर बगाएको थियो भने दुई घरमा रहेका सबै परिवारका सदस्यहरुलाई सधैका लागि नफर्कने गरि संसारबाट चुँडेर लगेको थियो । झरीपछि आकाश खुलेपनि मानिसका आँखामा आँखु निरन्तर बगिरहेका थिए । पहिरोमा परि ज्यान गुमाउनेका परिवार र आफन्ज मात्रै होइन सिंगो गाउँ नै आँशुमा डुबेको थियो । झरीपछि मुस्कुराउन थालेको माछापुछ्रे हिमालले गिज्याएका भान हुन्थ्यो । सधै माछापुच्छे« संगै हाँस्ने दुर्लुङका बासिन्दाहरु आइतबार शोकाकुल थिए ।
कास्कीको पोखरा भदौरेबाट पहिरोमा आफन्त पुरिएको थाहा पाएर दुर्लुङ आउँदै गरेको आफन्तहरु घर नजिक पुगेपछि भक्कानिए । माछापुच्छे« पछाडी हाँसी रहँदा उनीहरु अंगालो मारेर आफन्त गुमाएको पिडामा भक्कानिदै थिए । ‘मेरो राजा, मेरो बाबु यसरी छाडेर किन गयौ नी’ भन्दै आफन्तहरु रुँदा सबैका आँखा रसाएका थिए। पहिरोमा पुरिएकी

कमलाको परिवार मात्रै होइन पहिरोमा पुरिएका ९ जना मध्ये ८ जनाको शव भेटिएको छ भने अझै एक जना वेपत्ता रहेका छन् । पहिरोमा पुरिएका मध्ये ६० बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती ५२ बर्षिया मीनकुमारी थापा, छोरी ३० बर्षिया दिर्पा थापा, नातिहरु बर्षिय बिबेक थापा, १५ सम्राट थापा, ८ बर्षिया नातिनि विविशा थापाको मृत्यु भैसकेको छ ।
पर्वतको सदरमुका कुस्माबजार समेत रहेको कुस्मा नगपालिका वडा नं ३ दुर्लुङ गाउँमा पनि काउले गाउँ पहिरोबाट सबैभन्दा सुरक्षित गाउँ मानिन्थ्यो । माथि घना जंगल तल बस्ती थियो । ‘पहिरो आउने कल्पना सम्म कसैले गर्नै सक्दैन,’ स्थानिय सुर्यबाबु गिरीले भन्नुभयो‘सबैले सुरक्षित बनेको गाउँमा काल बनेर पहिरो आयो।’ गिरीको पनि घर पुरिएको छ। कुखुराको मासु पसल भएकाले ग्राहक मासु लिन आएकाले उठेर मासु दिदा पहिरो आएको थाहा भएपछि उहाँका बाबुको पनि ज्यान बचेको छ।
दुर्लुङमा एकैपटक दुई घण्टा सम्म ग्रागी घोप्टाए जस्तो बर्ष भएपछि जंगलमाथिबाट पहिरो आएको थियो । एक किलोमिटर भन्दा लामो पहिरोले दुई घर बगाएको छ, अर्को एउटा घर पुरेको छ भने स्थानिय उजेली रेग्मी, कमला थापा, हस्तीदेबी पाध्या, पशुपति सिंजाली, ऋषिराम पौडेल, रामप्रसाद रेग्मी, रक्षा सार्की लगायतका घर परिवार बिस्थापित भएका छन । घर नजिक पहिरो आउँदा बल्ल बल्ल ज्यान बचाएकी उजेली रेग्मी आइतबार राती देखि घरमा बस्न नसक्ने बताउनुहुन्छ । ‘हामीलाई यहाँ बस्न सक्ने अबस्था छैन,’ उहाँले भन्नुभयो‘बस्नका लागि ठाउँको ब्यबस्थापन गरिदिनुपर्छ।’
पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी मृतक र पहिरो पिडीत परिवारका लागि राहत र उद्दार गरि बसोबासका लागि ब्यबस्थापन मिलाइने आश्वासन दिनुभयो । घटनास्थलमा पुग्नुभएका रेग्मीले पहिले बेपत्ताको खोजी गर्ने र त्यसपछि राहत र बसोबासको ब्यबस्थापन मिलाउने बताउनुभयो । नेपाल समाचारपत्र दैनिकबाट