पर्वत अस्पतालबाट जर्बजस्ती उठाएर दाहसंस्कार गरिएका परियारको कोरोना रिर्पोट नेगेटिभ

पर्वत, जेठ ३२ / पर्वत अस्पतालको शबगृहमा राखिएको शव जर्बजस्ती उठाएर दाहसंस्कार गरिएका मृतकको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ ।
पर्वतको कुस्मा नगरपालिका ४ पदमबहादुर परियारको कोरोना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको हो ।
मृतक परियार बिगत २ वर्षदेखि कलेजोको रोगबाट पीडित हुनुहुन्थ्यो । अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि कोरोना परिक्षण गर्न अस्पतालको मुर्दाघरमा राखिएको थियो । शनिबार स्वाब संकलन गरि परिक्षणका लागि पोखारा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाबाट नेगेटिभ रिर्पोट आएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।
कोरोना परिक्षणको रिर्पोट नआएको भन्दै मृतकका आफन्तले अस्पतालको शबगृहबाट ढोका फोडेर जर्बजस्त रुपमा शब दाहसंस्कारका लागि लगेको अस्पतालले जनाएको छ ।
। मृतकका छोरा बिजय परियारका अनुसार उहाँलाई जेठ २४ देखि २८ गते सम्म पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरि घर ल्याईएको थियो । हिजो स्वास्थ्यमा पुनः समस्या आएपछि पर्वत अस्पतालमा ल्याईएको र यहाँबाट थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज पोखरा पठाईएको थियो । अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी