अब निजी ल्याबमा पनि कोरोना परीक्षण हुने, सरकारले नै खर्च बेहोर्ने

काठमाडौं, जेठ ३२ । कोरोनाको संक्रमण बढ्दै जाँदा सरकारले परीक्षणको दायर बढाउने उद्देश्यले थप निर्णय लिएको छ। सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने व्यवस्था गरेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए ।

पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय भएको उनको भनाइ छ । त्यसरी नमुना परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्नेछ ।

यसैबीच भाडामा बस्नेहरुलाई बाहिरबाट आउँदा कोरोना परीक्षणको प्रमाणपत्र माग गरिएको भन्दै स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। अनावश्यक कोरोना परीक्षण गर्ने व्यवस्था नभएको भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई त्यसो नगर्न सचेत गराएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी