पछिल्लो २४ घण्टामा नेपालमा ४२५ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं, जेठ ३२/ पछिल्लो २४ घण्टामा नेपालमा ४२५ कोरोना संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभार गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना पुष्टि भएको बताए।
यो संगै कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।
जसमा ५ हजार ३२४ पुरुष र ४३६ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा ३० जिल्लामा संक्रमण देखिएको छ । मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७, बाराका ९, सर्लाहीका ६, रौतहटका ७६, नवलपरासी पूर्वका २, बझाङका ५, डडेल्धुराका २७, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुम पश्चिमका १, प्यूठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, नवलपरासी पूर्वका २, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९, सिन्धुलीका १, धादिङका २५ र रुकुम पूर्वका ७३ जनालाई कोरोना पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या ९७४ पुगेको छ जसमा छ ८७७ पुरुष र ९७ जना महिला रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ३३ हजार ३७७ जनाको परीक्षण भएको बताउनुभयो ।
हालसम्म आरडीटिबाट २ लाख १० हजार ७२१ को परीक्षण भएको छ जसमा २० हजार १३९ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ४ हजार ७६७ संक्रमितहरु आइसोलेसनमा रहेका छन् । यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । गुल्मी धुर्काेटका ३६ वर्षका पुरुषको जेठ १२ गते कोरोना पुष्टि भएका उहाँको जेठ ३१ गते राती आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँ क्यान्सरका बिरामी समेत हुनुहुनुन्थ्यो ।